काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन भएको छ। मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै साविकका २२ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय कायम गर्ने प्रस्ताव पारित गरेसँगै स्वास्थ्य मन्त्रालयको पनि नाम र कार्यविभाजन परिवर्तन भएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ कार्यविभाजन अनुसारको मन्त्रालय र मन्त्रीहरुको कार्यविभाजन सूची राष्ट्रपति कार्यालयमा पठाएका थिए। सोही अनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ कार्यविभाजन अनुसारको मन्त्रिपरिषदको जिम्मेवारी दिएका छन्।
नयाँ कार्यविभाजन अनुसार अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम फेरिएर स्वास्थ्य तथा खाद्य स्वाच्छता मन्त्रालय भएको छ। स्वास्थ्य मन्त्रालयमा खाद्य र सरसफाइका विषय समावेश गर्दै नयाँ जिम्मेवारी थपिएको हो। यो सँगै अब स्वास्थ्य क्षेत्रले खाद्य स्वच्छतालाई पनि आफ्नो मुख्य कार्यभारको रूपमा अगाडि बढाउनेछ।
