काठमाडौं - नेपालमा २०८२ फागुनसम्म ३ लाख ८५ हजार ३ सय ७० स्वास्थ्यकर्मी दर्ता भएका छन्।
आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ८५ हजार ३ सय ७० पुगेको छ। २०८१ फागुनसम्म यस्तो सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ रहेको थियो।
२०८२ फागुनसम्म ३५ हजार १ सय ८७ मेडिकल चिकित्सक, ६ हजार ८३ दन्त चिकित्सक, १२ हजार ९ सय ५३ विशेषज्ञ चिकित्सक, गरी कुल ५४ हजार २ सय २३ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता छन्। २०८१ फागुनसम्म ४९ हजार दुई सय १० चिकित्सक नेपाल काउन्सिलमा दर्ता भएका छन्।
२०८२ फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ हजार ९ सय ५६ विशेषज्ञ नर्स, ८८ हजार २ सय ३२ नर्स,३७ हजार ५ सय ९५ अनमी, १९५ मिडवाइफ, र ९५६ विदेशी नर्स समेत गरी १ लाख २८ हजार ८ सय ३४ नर्स दर्ता भएका छन्। त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा कुल १ लाख ७० हजार २ सय २६ स्वास्थ्यकर्मी दर्ता भएका छन्। नेपाल आयुर्वेद मेडिकल परिषद्मा २५ हजार ३ सय ३२ स्वास्थ्यकर्मी दर्ता भएका छन्।