काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न तथा कार्यसम्पादनलाई थप कुशल, प्रभावकारी र जवाफदेही बनाउन सेवा–सुविधामा निरन्तर सुधार गरिने बताएका हुन्।
उनले निजामती, जंगी, प्रहरी र शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने उल्लेख गरे। सरकारको यो घोषणालाई कर्मचारीमैत्री कदमका रूपमा हेरिएको छ।
तर बजेट वक्तव्यमा स्वास्थ्य क्षेत्रका कर्मचारी तथा स्वास्थ्यकर्मीको सेवा–सुविधाबारे कुनै स्पष्ट घोषणा नगरिएपछि चासो उत्पन्न भएको छ। विशेषगरी सरकारी अस्पताल तथा दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब, भत्ता र सेवा–सुरक्षामा सुधारको माग गर्दै आएका छन्।
स्वास्थ्य क्षेत्र महामारीपछिको चुनौतीसँग जुधिरहेको अवस्थामा बजेटमा स्वास्थ्यकर्मीबारे स्पष्ट सम्बोधन नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।