काठमाडौं -सरकारले सातै प्रदेशका प्रमुख अस्पताललाई शिक्षण अस्पताल तथा विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै प्रदेशस्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न यस्तो योजना अघि सारिएको बताएका हुन्।
सरकारले प्रदेश अस्पतालहरूलाई सार्वजनिक-सार्वजनिक र सरकारको सहकार्यमा आधुनिक प्रविधिसहित स्तरोन्नति गर्दै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। यसअन्तर्गत चिकित्सा शिक्षा, विशेषज्ञ उपचार सेवा तथा अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।