काठमाडौं — सरकारले नर्सिङ कर्मचारीको रात्रीकालीन भत्ता र स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नर्सिङ कर्मचारीले पाउँदै आएको रात्रीकालीन भत्ता दोब्बर बनाइने घोषणा गरेका हुन्।
त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइँदै आएको यातायात खर्च पनि दोब्बरले बढाइने सरकारको निर्णय सार्वजनिक गरिएको छ। यसका साथै उनीहरूको हालको यातायात भत्तामा थप ५० प्रतिशत वृद्धि गर्ने व्यवस्था पनि बजेटमा समेटिएको छ।
सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल बढाउन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यी व्यवस्था लागू गरिने जनाएको छ।