काठमाडौं - सरकारले सुदूरपश्चिम प्रदेशमा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/०८४ देखि एमबीबीएससहित चिकित्सा शिक्षाका चार वटा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुदूरपश्चिमस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाको विस्तार गरिने बताएका हुन्।
सरकारका अनुसार गेटास्थित उक्त विश्वविद्यालयमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालनसँगै चिकित्सा शिक्षाको पहुँच क्षेत्रीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
यस पहलबाट सुदूरपश्चिम क्षेत्रमा दक्ष चिकित्सक उत्पादनमा सहयोग पुग्ने, स्वास्थ्य जनशक्ति आपूर्ति सहज हुने तथा चिकित्सा शिक्षा अध्ययनका लागि बाहिर जाने प्रवृत्ति घट्ने विश्वास गरिएको छ।