चितवन- भरतपुर महानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा फेरि नर्स सीता ज्ञवाली निर्वाचित भएकी छिन्। स्थापनाकालदेखि नै महानगर सभापति रहँदै आएकी ज्ञवालीले प्रतिस्पर्धी सुभाष गैरेलाई पराजित गर्दै पुनः सभापतिमा निर्वाचित भएकी हुन्।
निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी सुवास गैरेले २५६ मत पाए। ७९ मतको अन्तरले टुंगिएको यस प्रतिस्पर्धाले महानगरको संगठनात्मक नेतृत्व फेरि पुरानै अनुहारतर्फ फर्किएको संकेत गरेको छ।
उनी करिब २० वर्ष नर्सिङ सेवामा सक्रिय रहेकी थिइन्। त्यसपछि व्यवसायिक क्षेत्रमा समेत कदम राखिन्। चितवनमा रास्वपा सदस्यता लिने पहिलो व्यक्तिमध्ये एक मानिने ज्ञवाली संगठनको प्रारम्भिक संरचनादेखि नै नेतृत्वमा रहँदै आएकी छन्।
यस पटक पनि उनलाई सर्वसम्मत चयन गर्ने प्रयास भए पनि अन्ततः प्रतिस्पर्धा भएको थियो।
यसैबीच चितवनबाटै दुई नर्स प्रभा ढकाल र समिना मिया प्रतिनिधि सभामा समेत प्रतिनिधित्व गरिरहेका छन्। स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष राजनीतिमा पुग्नेहरुको संख्या यसपल्ट धेरै देखिएको छ।