काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ।
स्वास्थ्यमा दुई जना सचिव रहेका छन्। जसमध्ये सरकारले प्रशासन तर्फका सचिव शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो।
अब स्वास्थ्यमा डा विकास देवकोटा सचिव छन्।
प्रधानमन्त्री कार्यालयले स्वास्थ्य क्षेत्र सुधारमा समेत चासो दिएको बुझिएको छ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा जनशक्ति परिचालन, औषधि तथा उपकरण व्यवस्थापन र सेवा प्रवाहमा जनगुनासो चुलिएपछि प्रधानमन्त्री कार्यालयले यो मन्त्रालयलाई विशेष चासोका साथ हेरेको बताइएको छ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयमा रहेका प्रशासनका सचिवसहित अन्य सचिवको पनि सरुवा गरेको बताइएको छ। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुस्करको पनि सरुवा भएको छ।