काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्मालाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सचिव शर्मालाई स्वास्थ्य मन्त्री निशा मेहतासहित मन्त्रालयका उच्च अधिकारी र कर्मचारीहरूले बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री निशा मेहताले सचिव शर्माको कार्यशैली र प्रशासनिक दक्षताको उच्च प्रशंसा गरेकी छिन्। शर्मालाई ‘डाउन टु अर्थ’ (सरल) र कहिल्यै झर्को नमानी काम गर्ने प्रवृत्तिको प्रशासकका रूपमा आफूले लिएको मन्त्री मेहताले बताइन्।
सचिव शर्माको प्रधानमन्त्री कार्यालयमा भएको सरुवालाई सकारात्मक रूपमा लिँदै मन्त्री मेहताले भनिन्, 'तपाईं प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य मन्त्रालयबाट सरुवा हुनुभएको होइन । मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयसँग जोड्ने सेतुको रूपमा लिएकी छु । केही पर्दा अझ पनि पहिले जस्तै भन्नेछु ।'
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शर्मासँगको पुरानो सहकार्य रहेको स्मरण गरे। यसअघि लुम्बिनी प्रदेशमा शर्मा प्रमुख सचिव र आफू स्वास्थ्य सचिव हुँदा पनि सँगै मिलेर काम गरेको उल्लेख गर्दै डा. देवकोटाले भने, 'उहाँसँग काम गर्न निकै सहज रह्यो। स्वास्थ्य मन्त्रालयमा पनि हामीले एकअर्कालाई पूर्ण रूपमा सपोर्ट (सहयोग) गरेर नै काम गर्यौं।'
आफ्नो बिदाइ कार्यक्रममा बोल्दै सचिव डिल्लीराम शर्माले स्वास्थ्य मन्त्रालयको कार्यकालको अनुभव निकै सुखद र स्मरणीय रहेको बताए। उनले स्वास्थ्य मन्त्री मेहताको कार्यशैलीबाट प्रभावित भएको बताए। उनले थपे, 'स्वास्थ्य मन्त्रीमा उहाँ आएपछि धेरै काम भएका छन्। काम गर्ने वातावरण पनि राम्रो बनेको छ। तर, प्रचामा नआउने उहाँको स्वभावका कारण बाहिर आएका छैनन्।'
सामान्यतया एउटै मन्त्रालयमा दुई जना सचिव हुँदा 'शक्ति र अधिकार' को विषयलाई लिएर विवाद हुने चर्चा सुनिने गरे पनि स्वास्थ्य मन्त्रालयमा आफूहरूबीच त्यस्तो कुनै असमझदारी नभएको उहाँले प्रस्ट पारे। उनले ठट्टा गरे, 'कामका सिलसिलामा अन्य साथीहरुसँग केही तलमाथि भए क्ष
'दुई सचिव हुँदा विवाद हुन्छ भन्ने सुनिन्थ्यो, तर हामीबीच कहिल्यै त्यस्तो भएन। बरु एकअर्कालाई साथ र सहयोग दिँदै हार्दिकताका साथ मिलेर काम गर्यौं,' सचिव शर्माले भने। मन्त्रालयमा रहँदा सबै कर्मचारी र नेतृत्वबाट राम्रो सहयोग पाएको भन्दै उनले धन्यवाद समेत ज्ञापन गरिन्।
सरकारको एउटा मन्त्रालयमा एकजना मात्रै सचिव राख्ने नीतिका कारण सचिव शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका हुन्।