काठमाडौं- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
गुरुङ र पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।
सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो ।
अध्ययन समितिको प्रतिवेदनले उनीमाथि उठेका प्रश्नबारे प्रस्ट पारेपछि पुन: नियुक्त गरिएको हो।
त्यसैगरी पुन जेनजी आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। बीचमै राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। पुनकै माग बमोजिम उक्त मन्त्रालय समेत बनाइएको हो।