काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँले स्वास्थ्य बीमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहीबार प्रतिनिधी सभा बैठकको शून्य समयमा बोल्दै सांसद मियाँले यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति परिमार्जनका लागि समेत सरकारको ध्यानाकर्षण गराएकी छन्। ‘बीमा कार्यक्रम अझै पनि उपेक्षित छ,’ सांसद मियाँले भनिन् ‘यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। ’
स्वास्थ्य बीमामा स्वास्थ्य प्रदायक संस्थाहरूलाई भुक्तानीमा ढिलाई, दाबीमा जटिलता ,पर्याप्त जनचेतनाको अभाव जस्ता समस्या विद्यमान रहेकोले बीमा कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ ।
स्वास्थ्यमा गरिएको लगानी खर्च नभई राष्ट्रका लागि गरिएको लगानी तथा स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएको उनले बताइन् ।