काठमाडौं- अर्थोपेडिक उपचार र ट्रमा म्यानेजमेन्टमा संलग्न चिकित्सकहरुको संस्था ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी गठन गरिएको हो।
नेपालमा हाडजोर्नी उपचार, ट्रमा म्यानेजमेन्ट र नसा रोग सम्बन्धी सेवालाई थप सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको बताइएको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच नयाँ कार्यसमिति घोषणा गरिएको हो। नवगठित सोसाइटीको संरक्षकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. रमेशप्रसाद सिंह रहेका छन्।
डा लामिछानेको अध्यक्षतामा रहेको सोसाइटीको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ र उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता चयन भएका छन्। त्यसैगरी कार्यसमितिको महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सह-कोषाध्यक्षमा डा. सन्जित झा चुनिएका छन्।
सोसाइटीको सदस्यहरुमा डा. सरोज सिं, डा. ओमप्रकाश चौधरी, डा. राजिव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदिप खनाल र डा. सार्थक नेपाल रहेका छन्।
चिकित्सा क्षेत्रको प्राविधिक तथा वैज्ञानिक पक्षलाई प्रवर्द्धन गर्न डा. रोहित श्रेष्ठको अध्यक्षतामा साइन्टिफीक कमिटी समेत गठन गरिएको छ, जसको सदस्यहरुमा डा. भाष्कर राज कार्की, डा. मनिष श्रेष्ठ र डा. विश्ववन्धु निरौला रहेका छन्।
देशैभरिका चिकित्सकहरूलाई समेट्ने उद्देश्यले गठन गरिएको यस सोसाइटीमा कोशी प्रदेशबाट डा. रुपेश जंग वेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभुषन यादव, वागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजन कुमार रोकाया र सुदुरपश्चिम प्रदेशबाट डा. मन्दिप पाठक प्रदेशगत प्रतिनिधिका रुपमा चुनिएका छन्।
नवनियुक्त अध्यक्ष डा. प्रमोद लामिछानेले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण नेपालमा ट्रमा (गम्भीर चोटपटक) को समस्या विकराल बन्दै गइरहेको अवस्थामा यो संस्थाको आवश्यकता परेको बताए। उनले नवगठित समितिमा काठमाडौं उपत्यका र बाहिरका प्रायः सबै जिल्लाका सक्रिय हाडजोर्नी चिकित्सकहरु समेटिएको जानकारी दिँदै यस सोसाइटीले विशेषज्ञहरूका बीच अनुभव, जानकारी र नवीनतम प्रविधिको आदानप्रदानलाई तीव्रता दिने स्पष्ट पारे।