काठमाडौं- झन्डै एक महिनादेखि बन्द रहेको वीर अस्पताल को सिटी स्क्यान मेसिन पुनः सञ्चालनमा आएको छ। मेसिनमा देखिएको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएपछि बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका थिए।
अस्पताल प्रशासनका अनुसार आवश्यक मर्मत तथा प्राविधिक परीक्षण सम्पन्न भएपछि सिटी स्क्यान सेवा पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनमा आएसँगै दैनिक रूपमा सिटी स्क्यान परीक्षण गराउने बिरामीहरूले राहत महसुस गरेका छन्।
सिटी स्क्यान सेवा बन्द हुँदा आकस्मिक तथा जटिल स्वास्थ्य समस्याका बिरामीहरू बढी प्रभावित भएका थिए। अस्पतालले अब नियमित तालिकाअनुसार सेवा प्रवाह हुने जनाएको छ।
अस्पताल स्रोतका अनुसार मेसिनको कार्यक्षमता र सेवा निरन्तरताका लागि नियमित मर्मतसम्भारलाई प्राथमिकता दिइनेछ।