काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ।
उपकुलपति नियुक्तिका लागि गठित 'छनोट तथा सिफारिस समिति'ले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम प्राप्त दरखास्तहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
गत जेठ ४ गते प्रकाशित सूचना अनुसार आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रत्येक प्रतिष्ठानका लागि वर्णानुक्रमानुसार ७/७ जना गरी कुल ४२ जना उम्मेदवारहरू सर्टलिस्टमा परेका छन्।
प्रतिष्ठान अनुसार छनोट भएका उम्मेदवारहरूको सूची:
१. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
गेहनाथ बराल, नवीस मान सिं प्रधान, प्रहलाद कार्की, रबिन्द्र मान श्रेष्ठ, विष्णु प्रसाद शर्मा, विवेक आचार्य, श्रृजना श्रेष्ठ।
२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), काठमाडौं
गेहनाथ बराल, महेन्द्र प्रसाद भट्ट, राजीव कुमार झा, राजेश नेपाल, रुद्र प्रसाद मरासिनी, विवेक आचार्य, सुरज बज्राचार्य।
३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
अजय कुमार मिश्र, ऋषिकान्त अर्याल, निलम कुमार खड्का, विजय अर्याल, विधान निधि पौडेल, शेषानन्द संजेल, सूर्यमान मेन्याङ्बो।
४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
अमर नागिला, नारायण सिंह गुरुङ, प्रदीप घिमिरे शर्मा, विजय अर्याल, विधान निधि पौडेल, सरस्वती न्यौपाने, सुजन बाबु मरहट्टा।
५. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
अजय कुमार मिश्र, अनुज पौडेल, आलोक आत्रेय, गौरीशंकर शाह, निलराज शर्मा, पशुपति चौधरी, सूर्यमान मेन्याङ्बो।
६. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
गुरु प्रसाद खनाल, गौरीशंकर शाह, पशुपति चौधरी, प्रहलाद कार्की, राजेश नेपाल, शिवेन्द्र झा, स्मृति कार्की।
अन्तर्वार्ता तथा प्रस्तुतीकरण तालिका:
छनोटमा परेका उम्मेदवारहरूले कार्यविधिमा उल्लेख गरिएका आफ्ना सम्पूर्ण कागजातहरूको सक्कल प्रति लिई तोकिएको मिति र समयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा उपस्थित हुनुपर्ने सूचनामा जनाइएको छ।
मिति २०८३ असार १६ गते (बिहान ९ बजेदेखि): चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उम्मेदवारहरू।
मिति २०८३ असार १७ गते (बिहान ९ बजेदेखि): कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उम्मेदवारहरू।