काठमाडौं- स्वास्थ्यका दुई कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय काठमाडौं र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुखको जिम्मेवारी हेरफेर गरेको हो।
काठमाडौं जनस्वास्थ्य कार्यालयको प्रमुखमा सागर घिमिरेले जिम्मेवारी पाएका छन्। घिमिरे केही समयअघि मात्र एघारौं तहमा बढुवा भएका थिए।
घिमिरेले काठमाडौंको जिम्मेवारी पाएसँगै जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख रहेका डा बसन्त अधिकारीलाई भने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेश हेटौंडा पठाइएको छ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा यसअघि डा अर्जुनप्रसाद सापकोटा निर्देशक थिए। उनी उमेर हदका कारण अवकाशमा गएपछि निमित्त निर्देशकको रुपमा सागर घिमिरे थिए।