काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष र रजिष्ट्रार नियुक्तिका लागि आकांक्षीहरूको भीड देखिएको छ। अध्यक्ष पदका लागि २४ जना र रजिष्ट्रार पदका लागि ३७ जनाले आवेदन दिएका छन्। यसले परिषद्को नेतृत्वमा पुग्न स्वास्थ्य क्षेत्रका विज्ञ तथा प्रशासकहरूबीच तीव्र प्रतिस्पर्धा हुने संकेत गरेको छ।
यसअघि रजिष्ट्रारको जिम्मेवारी सम्हालिसकेका दुई व्यक्तिको पुनः दाबी परेको छ। धनप्रसाद पौडेल तेस्रो पटक रजिष्ट्रार बन्ने प्रयासमा छन् भने लिलानाथ भण्डारीले दोस्रो पटक सोही पदमा फर्किने चाहनासहित आवेदन दिएका छन्।
पौडेल यसअघि दुई कार्यकाल रजिष्ट्रारको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् भने भण्डारीले पनि एक कार्यकाल परिषद्को रजिष्ट्रारका रूपमा काम गरेर केही समयअघि मात्रै छन्। उनीहरूको पुनः आवेदनले परिषद्को नेतृत्वमा अनुभवी व्यक्तिलाई निरन्तरता दिने कि नयाँ नेतृत्वलाई अवसर दिने भन्ने बहसलाई समेत थप चासोको विषय बनाएको छ।
अध्यक्ष पदका लागि २४ जनाले आवेदन दिएका छन्। तीमध्ये निरन्जन थापा, रन्जीत ठाकुर, मुकेश कुमार मिश्र, सुरज साह, सोमा कान्त बराल, महेन्द्र प्रसाद भट्ट, ज्ञानेन्द्र झा, आमोद कुमार पौड्याल, मुकेश कुमार झा, हरि कुमार लम्साल, भुवन साउद, गोविन्द पौडेल, मिरज सुवेदी, कमल रानाभाट, सगुन पौडेल, सुरज भुसाल, राजेश प्रसाद यादव, दामोदर रोक्का, विजय शंकर यादव, जितेन्द्र ठाकुर, ईस्वरीय लामिछाने, मुकेश कुमार यादव, रमेश भट्ट र रविकान्त मिश्र रहेका छन्।
त्यसैगरी रजिष्ट्रार पदका लागि ३७ जनाले आवेदन दिएका छन्। आवेदकमध्ये गंगा राज अर्याल, रन्जीत ठाकुर, ज्ञानेन्द्र दवाडी, तुलसी प्रसाद सुवेदी, रोशन कुमार महतो, मनु पन्थी, सोमा कान्त बराल, तुल्सीराम भण्डारी, हरि प्रसाद भुसाल, चाँदनी जयसवाल, अविनाश झा, रमेश श्रेष्ठ, नरेश कुमार शाह, गंगाप्रसाद जोशी, भुवन साउद, नविन कुमार झा, गोविन्द पौडेल, सत्यनारायण यादव, दिपक क्षेत्री, लिलानाथ भण्डारी, बिनोद कुमार अर्याल, मनोज महतो, निरज देव जोशी, दिपेन्द्र कुमार यादव, तेजप्रसाद दुलाल, विजय शंकर यादव, जितेन्द्र ठाकुर, संजय कुमार कापर, धनप्रसाद पौडेल, कुशल रानाभाट, रञ्जन राज शाह, पुनम शाह, उत्तम कुमार कोइराला, रचना भण्डारी, मुकेश कुमार यादव, सुदिप सिलवाल र विमलेश कुमार झा रहेका छन्।
अध्यक्ष र रजिष्ट्रार दुवै पदमा एकैसाथ आवेदन दिने उम्मेदवारको संख्या पनि उल्लेख्य छ। रन्जीत ठाकुर, सोमा कान्त बराल, भुवन साउद, गोविन्द पौडेल, विजय शंकर यादव र जितेन्द्र ठाकुरले दुवै पदका लागि आवेदन दिएका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्वास्थ्य व्यवसायीहरूको दर्ता, नवीकरण, नियमन तथा व्यावसायिक मापदण्ड कायम गर्ने प्रमुख नियामक निकाय भएकाले यसको अध्यक्ष र रजिष्ट्रार पदलाई स्वास्थ्य क्षेत्रका महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिन्छ।
अब नियुक्ति समितिले उम्मेदवारहरूको योग्यता, अनुभव र कार्ययोजनाको मूल्याङ्कनपछि अन्तिम सिफारिस गर्नेछ। अन्तिम निर्णयपछि परिषद्को आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लाग्नेछ।