काठमाडौं- नेपाल नर्सिङ परिषद्को अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन दिने उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। सार्वजनिक नामावलीअनुसार अध्यक्ष र उपाध्यक्ष पदमा सबै उम्मेदवार महिला रहेका छन् भने रजिस्ट्रार पदमा भने एक जना पुरुषले पनि आवेदन दिएका छन्।
अध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका आकांक्षीहरूमा जमुना भट्टराई, रिना श्रेष्ठ, सावित्री भट्टराई, बिमला कुमारी साह, प्रतिमा खत्री, वन्दना थापा, मुना कुमारी थापा राना, गोमा देवी निरौला, बाला राई, रोशनी लक्ष्मी तुईतुई र शकुन्तला प्रजापति रहेका छन्।
उपाध्यक्ष पदका लागि पाँच जनाले आवेदन दिएका छन्। यस पदका आकांक्षीहरूमा रिना श्रेष्ठ, दिपा भट्टराई, बिमला कुमारी साह, सरला के.सी. र शकुन्तला प्रजापति छन्।
रजिस्ट्रार पदका लागि भने १६ जनाको आवेदन परेको छ। उनीहरूमध्ये स्वस्तिका डोटेल, सबिता रेग्मी, संझना गौतम, शुभेच्छा थपलिया, रमा देवी पहारी ज्ञवाली, कृष्ण कुमारी पौडेल (सुबेदी), बिमला कुमारी साह, पार्वती बिष्ट, कविता तिवारी, ज्योति पौडेल, अमृता पहाडी, नविना सिंह, पोलीना पौडेल, अञ्जु ढुंगेल र पुनम शाहसँगै योगेन्द्र प्रसाद मेहता एक मात्र पुरुष उम्मेदवारका रूपमा रहेका छन्।
नामावलीअनुसार बिमला कुमारी साहले अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार गरी तीनवटै पदमा आवेदन दिएकी छन्। त्यस्तै रिना श्रेष्ठले अध्यक्ष र उपाध्यक्ष तथा शकुन्तला प्रजापतिले पनि अध्यक्ष र उपाध्यक्ष पदमा आकांक्षा देखाएका छन्।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिषद्को नेतृत्व चयन प्रक्रियाअन्तर्गत आवेदन माग गरेपछि इच्छुक उम्मेदवारहरूले आवेदन दिएका हुन्।