काठमाडौं - निजामती कर्मचारी अस्पतालले आजदेखी सिहंदरबारबाट पनि आफ्नो सेवा सञ्चालनमा ल्याएको छ।
निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेलले बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलाबाट सेवा दिन सुरुवात गरिएको हो। कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न सेवा सञ्चालनमा ल्याइएको डा पौडेलले बताए।
‘यो निजामती अस्पतालकै इकाई हो, जनरल फिजिसियनबाट नै स्वास्थ्य परीक्षण गराउँछौं,’ उनले भने ‘इसीजी सेवा तथा सामान्य विशेषज्ञ सेवा पनि त्यहीबाट सुरु हुन्छ।’
यसले निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।