काठमाडौं- मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार उकेरा डटकमका संवाददाता उपेन्द्र खड्काले पाएका छन्। शनिबार राजधानिमा एक कार्यक्रम गर्दै उनी यो अध्ययनवृतिका लागि छनोट भएको आयोजक संस्थाले घोषणा गरेको हो। यो अध्ययवृतिको पुरस्कार रकम तीन लाख रहेको छ।
नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थसायन्सेसको आर्थिक सहयोगमा उनलाई यो अध्ययनवृति पुरस्कारका लागि छनोट गरिएको हो।
नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थसायन्सेसको संयुक्त पहलमा सुरु भएको ६ महिने 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' का लागि आवेदन आह्वान भएको थियो।
यो फेलोसिपका लागि स्वास्थ्य क्षेत्रमा कलम चलाउने २१ जनाले आवेदन दिएका थिए। जसमध्ये उत्कृष्ट स्वस्थ्य पत्रकारिताप्रति देखिएको समर्पण र तथ्यमा आधारित खोजमूलक पत्रारिताको प्रतिबद्धता तथा जनसस्वास्थ्यका महत्वपूर्ण विषयलाई उजागर गर्ने सम्भावनाको मूल्यांकनस्वरुप खड्कालाई यो अध्ययनवृतिका लागि छनोट गरिएको आयोजक संस्थाले जनाएका छन्।
यी दुई संस्थाले स्वास्थ्य पत्रकारका लागि सुरु गरेको यो पहिलो अध्ययनवृति पुरस्कार समेत हो।