काठमाडौं- रोटरी क्लब अफ काठमाडौँ नर्थले ‘नेपाली हेल्थ’का सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ। स्वास्थ्य सचेतनाका कार्यमा नेपाली हेल्थ डटकम (वा मिडिया)का माध्यमबाट निरन्तर क्रियाशील रहेको भन्दै उनलाई सम्मान गरिएको हो।
शनिबार आयोजित क्लबको ३३औँ इन्स्टलेशन (पदस्थापन) समारोहमा निवर्तमान अध्यक्ष प्रदीप थापाले सम्पादक न्यौपानेलाई सम्मान पत्र प्रदान गरेका थिए। सो अवसरमा उनले स्वास्थ्य सचेतनाका कार्यमा निरन्तर लाग्न र रोटरीको स्वास्थ्य तथा सामाजिक अभियानलाई सहयोग पुर्याउन आग्रह गरे।
डीजीएन रोटरियन अमित गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँ नर्थको २०२६–२०२७ को नेतृत्व रोटरियन सीतामाया पौडेलले सम्हालेकी छन्। शनिबार नै उनले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
उक्त समारोहमा पूर्वअध्यक्षहरू डा. बुद्धिमान श्रेष्ठ, उमेश अग्रवाल, उत्तम खड्का, गोपालराज पोखरेल, गौतम प्रसाद खनाल, रवीन्द्रजंग थापा, प्रितम पौडेल लगायत थुप्रै रोटरियन र क्लबका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो।