काठमाडौं- गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा किर्तीपाल सुवेदीले कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी पाएका छन् ।
केही समयअगाडि मात्रै एघारौं तहमा बढुवा भएका उनलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको हो।
‘सरकारले जिम्मेवारी दिएको भनेपनि हाल गजेन्द्रनारायण अस्पतालमा नै छु’, जिम्मेवारी पाएसँगै डा सुवेदीले भने ‘१,२ दिनपछि काठमाडौं गएर सबै प्रक्रिया पुरा गरेपछि मात्रै दिइएको जिम्मेवारीमा जान्छु।’
यसअघि उनले लामो समय भेरी अस्पतालमा पनि काम गरेका थिए।