काठमाडौं- होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर 'हेल्दी होम' ले आफ्नो स्थापनाको २१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दशक लामो यो यात्राले नेपालको वेलनेस उद्योगमा हेल्दी होमको योगदान, ग्राहक सेवाप्रतिको प्रतिबद्धता र सेवाग्राहीको अटुट विश्वासलाई प्रतिबिम्बित गरेको संस्थाले जनाएको छ।
वि.स. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रूपमा स्थापना गरेको हेल्दी होमले हाल काठमाडौं र पोखराका ४ वटा शाखाहरू मार्फत ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ। विशेष गरी वेट म्यानेजमेन्ट, बडी सेपिङ, स्किन एण्ड हेयर एनालिसिस सेवामा हेल्दी होम अग्रणी नामका रूपमा स्थापित छ।
वार्षिकोत्सव समारोहमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा ग्राहकको विश्वास र टिमको समर्पणकै कारण सम्भव भएको बताए।
'२१ वर्षअघि हेल्दी होम स्थापना गर्दा हाम्रो उद्देश्य केवल उपचार गर्नु मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो। आज हजारौँ सेवाग्राहीको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। अब नयाँ पुस्ताको नेतृत्वसँगै यही मूल्य, विश्वास र सेवाभावलाई अझ व्यापक बनाउँदै हेल्दी होमलाई नयाँ उचाइमा पुर्याउनेमा म पूर्ण विश्वस्त छु,' उनले भने।
नयाँ पुस्ताको नेतृत्व र भावी लक्ष्य
यसै वर्षबाट संस्थाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने संकेत गर्दै हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थाको २१ वर्षको विरासतलाई अघि बढाउन पाउनु गर्व र जिम्मेवारी दुवै भएको उल्लेख गरे।
उनले भने, 'संस्थापकद्वयको दूरदृष्टि र मूल्य-मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई नेपालको अग्रणी समग्र स्वास्थ्य तथा वेलनेस संस्थाका रूपमा अझ सशक्त बनाउनेछौँ। आगामी वर्षहरूमा थप सेवा विस्तार, नयाँ शाखा स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने हाम्रो स्पष्ट लक्ष्य छ।'