भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयका लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सुरु भएको छ। सेवा पुनः सुरु भएसँगै केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएकी गंगा श्रेष्ठ स्वस्थ भएर घर फर्किएकी छन्।
गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी काठमाडौं जिल्ला असन निवासी गंगा श्रेष्ठ प्रत्यारोपणको ११ औँ दिन (असार २९ गते) सकुशल डिस्चार्ज भएकी हुन्। उनका लागि आधा कलेजो दान देवर सञ्जय श्रेष्ठ भने असार २५ गते छैठौँ दिनमा नै डिस्चार्ज भइसकेका थिए। हाल कलेजो प्रत्यारोपित र अङ्गदाता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए।
आफ्नै देशमा न्यूनतम शुल्कमा यस्तो जटिल उपचार सेवा लिन पाउँदा अत्यन्त सहज भएको र केन्द्रको सेवाबाट आफूहरू निकै खुसी भएको कलेजो ग्रहणकर्ता र दाता दुवैले बताएका छन्। केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्क अर्थात् १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गरेको छ।

विशाल चिकित्सक टोलीको सहभागिता
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा भएको उक्त प्रत्यारोपण कार्यमा केन्द्रका विभिन्न विभागका विज्ञ तथा स्वास्थ्यकर्मीहरूको ठूलो टोली सहभागी थियो।
प्रत्यारोपण टोलीमा शल्य चिकित्सकहरू डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव सहभागी थिए। एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सन्देश खाउजु र डा. रिती फुँयाल खटिएका थिए।
त्यसैगरी, रेडियोलोजी विभागबाट प्रमुख डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जी एलीन र इन्दु मिमिरे; कार्डियोलोजी विभागबाट प्रमुख डा. प्रवेश न्यौपाने र डा. सचिन लामिछाने; प्याथोलोजी विभागबाट प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे र ल्याब इन्चार्ज विन्दिरा जोशी तथा ग्यास्ट्रोइन्टेरोलोजी विभागबाट प्रमुख डा. कर्ण राजवंशी र डा. शेखर पौड्याल सहभागी थिए।
निमित्त नर्सिङ निर्देशक सनिषा कार्कीको नेतृत्वमा बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के.सी., बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति के.सी., सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, सीता मैयाँ अवाल, अर्पना सेन र जयन्ती ताम्राकारले नर्सिङ सेवा प्रदान गरेका थिए।
ओटी व्यवस्थापनतर्फ अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेशराम कोजु सक्रिय थिए भने डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिस्ट शोनी शिख्वालको प्रत्यक्ष संलग्नता थियो। व्यवस्थापकीय जिम्मेवारी उपसचिव रामप्रसाद आचार्य, जयकुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले निभाएका थिए। यस्तै, प्रत्यारोपणको कोअर्डिनेसन (समन्वय) डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु र पूजा खड्काले गरेका थिए।