काठमाडौं- किर्तिपुर नगरपालिकाले विष्णुदेवी नगर अस्पतालमा कार्यरत स्थायी चिकित्सक डा. अरुण गौतम, एमडी (इन्टरनल मेडिसिन) तथा एमआरसीपी (यूके) लाई उत्कृष्ट स्वास्थ्यकर्मी (चिकित्सक) पुरस्कार प्रदान गरेको छ।
नगरपालिकाले स्वास्थ्य सेवामा पुर्याएको योगदान, सेवाप्रतिको समर्पण र बिरामीमैत्री उपचारलाई कदर गर्दै डा. गौतमलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।
डा. गौतम लामो समयदेखि विष्णुदेवी नगर अस्पतालमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उनको सम्मानले सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नेपालमै रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका लागि प्रेरणादायी सन्देश दिएको विश्वास गरिएको छ।