काठमाडौं- त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको साझा संस्था 'नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन' (एनआरडिए) को १७ औँ कार्यसमिति औपचारिक रूपमा घोषणा गरिएको छ।
शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट डा. जितेन्द्र राज कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। अध्यक्ष पदमा निर्वाचित डा. कोइरालाले झन्डै दुई-तिहाइ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदमा डा. सुनिल पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको सचिवमा डा. अविनाश ओली, सह-सचिवमा डा. रिमा थापा, कोषाध्यक्षमा डा. पिपेश श्रेष्ठ निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा डा. अञ्जली बिके, डा. प्रज्वल नेपाल, डा. शशांक भट्टराई, डा. संगम न्यौपाने, डा. निरामिका पाठक, डा. सुस्मिता खड्गा, डा. अप्टिक्स सापकोटा र डा. दिलिप कुमार कुशवाहा निर्वाचित भएका छन्।