काठमाडौँ— डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास खोज्ने सरकारी प्रयास तीव्र बनेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षामन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत समाधान खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।
यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।
सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई थप तीव्र बनाएको जनाएको छ।