काठमाडौं— अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु भएको छ।
वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगिता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा मनाेहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी भएका छन्।
मन्त्रालय स्रोतका अनुसार वार्तामा रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको छ।
वार्ताको नतिजाबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन। दुवै पक्षबीच सहमति जुटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।