काठमाडौं- सरकारले कान्ति बाल अस्पतालको निर्देशक परिवर्तन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा रामहरी चापागाईंलाई निर्देशकको जिम्मेवारी दिएको हो।
मन्त्रालयले तीन वर्षपछि अस्पतालको निर्देशक परिवर्तन गरेको हो। डा पंकज २०८० सालको भदौ १३ गते कान्तिका निर्देशक भएका थिए। मन्त्रालयले आज मंगलबार डा पंकजलाई हटाउँदै चापागाईंलाई निर्देशकको जिम्मा दिएको हो।
डा चापागाईं कान्तिमा नै कार्यरत ११ औं तहका चिकित्सक हुन्।