काठमाडौं- नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्।
नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सरकारले रजिष्ट्रारका लागि आवेदन माग गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।
कार्यपत्र प्रस्तुति तथा अन्तर्वार्ता लगायतका प्रक्रिया पूरा गरेर रजिष्ट्रार थापा नियुक्त भएका हुन्।