धनगढी- सेती प्रादेशिक अस्पतालमा केही महिनादेखि बन्द रहेको मानसिक रोगको ओपीडी सेवा पुनः सञ्चालनमा आएको छ।
अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै मानसिक रोग विशेषज्ञ चिकित्सकको अभावमा विगत केही महिनादेखि सेवा बन्द रहेको जनाएको हो। हाल छात्रवृत्ति करारअन्तर्गत मानसिक रोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भएसँगै २०८३ साल साउन २६ गतेदेखि मानसिक रोगको ओपीडी सेवा नियमित सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीले अब अस्पतालबाट नियमित ओपीडी सेवा लिन सक्नेछन्।
अस्पताल प्रशासन शाखाले सेवा पुनः सञ्चालनमा आएको जानकारी सम्बन्धित सबैलाई गराएको छ।