काठमाडौं- संक्रमण नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छन्।
उपाध्यक्षमा रुक्मणी खड्का बस्नेत,महासचिव: रोशनी राना, कोषाध्यक्ष: इक्षा थापा मगर, सहसचिव रोशनी थापा, सहकोषाध्यक्ष सबिना डंगोल चयन भएका छन्।
कार्यसमिति सदस्यमा लक्ष्मी डंगोल, शोभा न्यौपाने, अल्का महर्जन, जेनी श्रेष्ठ र सुष्मा बी.सी. चयन भएका छन्।
संस्थाले संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी तालिम, प्रमाणिकरण कार्यक्रम तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन गर्दै आएको छ।
संक्रमण रोकथाम तथा नियन्त्रण, स्वास्थ्य संस्थामा संक्रमणको जोखिम न्यूनीकरण र यससम्बन्धी क्षमता अभिवृद्धिमा समितिले भूमिका खेल्ने अपेक्षा गरिएको छ।