काठमाडौं- नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न संघको साधारणसभाले डा. वर्षा बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
डा. बज्राचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
उपाध्यक्षमा डा. प्रतिभा पौडेल, महासचिवमा डा. विधाता ओझा, सहसचिवमा डा. प्रदीप भण्डारी र कोषाध्यक्षमा डा. राधा बराल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा डा. प्रतीक्षा घिमिरे, डा. प्रिती सिंह, डा. दीपिका गौतम र डा. होनिया राउत रहेका छन्।