धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रजिस्ट्रार, अस्पताल निर्देशक र शिक्षाध्यक्ष पदका लागि आवेदन सार्वजनिक भएको छ। प्रतिष्ठानका अनुसार रजिस्ट्रार पदमा १८, अस्पताल निर्देशकमा १४ र शिक्षाध्यक्ष पदमा ४ जनाले आवेदन दिएका छन्।
प्रतिष्ठानले “बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” बमोजिम तीनवटै पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो।
भदौ २ गते मंगलबार साँझ ५ बजे तोकिएको थियो।
सो अवधिसम्म प्रतिष्ठानको उपकुलपति कार्यालय, धरान र सम्पर्क कार्यालय बाँसबारी, काठमाडौंमा आवेदन प्राप्त भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिएका छन्।
तीन पदका लागि प्राप्त आवेदनमध्ये रजिस्ट्रार पदमा सबैभन्दा बढी १८ जना आकांक्षी छन्। त्यस्तै अस्पताल निर्देशकका लागि १४ जना र शिक्षाध्यक्षका लागि ४ जनाले आवेदन दिएका छन्।
अब प्राप्त आवेदनका आधारमा कार्यविधिअनुसार उम्मेदवारको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइने प्रतिष्ठानले जनाएको छ
