काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा विवेककुमार लाल आएका छन्।
नीति योजनामा रहेका डा गुणनीधि शर्माको राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा भएको छ। उनी त्यहाँ निर्देशक भएर गएका हुन्। यस्तै केन्द्रको निर्देशक रहेका डा भुवन पौडेलको मन्त्रालयमा सरुवा भएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले भदौ ५ गते मन्त्रिस्तरिय निर्णय गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गरेकी हुन्।