काठमाडौं– स्वास्थ्य सेवा विभाग अन्तर्गतको अत्यन्त महत्त्वपूर्ण मानिने व्यवस्थापन महाशाखाको प्रमुख फेरिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखा निर्देशक केशव पण्डितको सरुवा स्वास्थ्य मन्त्रालयमा गरेकी हुन्। पण्डित मन्त्रालय तानिएसँगै खाली भएको व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी डा. वीरेन्द्र कुमार मण्डलले पाएका छन्।
डा. मण्डल यसअघि गजेन्द्रनारायण सिंह अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत थिए।
मन्त्री मेहताले मन्त्रालयको महत्वपूर्ण महाशाखा नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा विवेककुमार लाललाई जिम्मेवारी दिएकी छिन्। यस्तै उक्त महाशाखामा रहेका डा गुणनीधि शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रमा र केन्द्रमा रहेका डा भुवन पौडेललाई मन्त्रालयमा सरुवा गरेकी छिन्।