काठमाडौं- तिब्बततर्फबाट भोटेकोसी नदीमा भीषण बाढी आएपछि नेपालका रसुवा, धादिङ र चितवनलगायतका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ।
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकहरूको तत्काल उद्धार र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरबाट विशेषज्ञ चिकित्सकहरूसहितको मेडिकल टोली नुवाकोटको त्रिशुली क्षेत्रतर्फ प्रस्थान गरेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सेवालाई चुस्त दुरुस्त बनाउन र गम्भीर घाइतेहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गर्न ट्रमा सेन्टरले अनुभवी डाक्टर तथा नर्सहरूको टोली खटाएको हो।
परिचालन भएको मेडिकल टोलीका सदस्यहरू:
डा. विवेक भण्डारी (MDGP) - ९८४९१४५९४९
डा. राकेश मिश्र (अस्थिरोग विशेषज्ञ / Orthopedics) - ९८४७५४२७७२
डा. सुरेन्द्र महर्जन (एनेस्थेसिया विशेषज्ञ / Anesthesia) - ९८२३२७९४९९
डा. अविनाश कार्की (अस्थिरोग विशेषज्ञ / Orthopedics) - ९८६०९१५६१५
डा. विप्लव शर्मा (अस्थिरोग विशेषज्ञ / Orthopedics) - ९८५६०४४७८२
डा. सुदीप कोइराला (अस्थिरोग विशेषज्ञ / Orthopedics) - ९८६०८३४२५६
आर. एन. साधना भट्टराई (स्टाफ नर्स) - ९८४६७४८०२१
आर. एन. सरस्वती लामा (स्टाफ नर्स) - ९८४१७०६९११