काठमाडौं- तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण प्रभावित तथा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौंस्थित एभरेस्ट अस्पताल पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।
अस्पतालले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै चिकित्सक तथा मेडिकल टिमलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको जनाएको हो।
बाढीबाट प्रभावित वा घाइते व्यक्ति, उनीहरूका आफन्त तथा उद्धार टोलीले आवश्यक स्वास्थ्य सेवाका लागि अस्पतालमा तत्काल सम्पर्क वा सिधै आगमन गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले अप्ठ्यारो तथा आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
अस्पतालले ९७६७४७७०२०, ४७९३०२४ सम्पर्क गर्न अनुरोध गरेको छ।