काठमाडौं- रसुवा हुँदै आएको बाढीका कारण प्रभावित तथा घाइते भएका नागरिकको उपचारका लागि काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटल प्रा. लि. पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ।
अस्पतालले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै आफ्ना चिकित्सक तथा मेडिकल टिमलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको जनाएको हो।
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकलाई आवश्यक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन अस्पताल तयारी अवस्थामा रहेको जनाइएको छ।
अल नेपाल हस्पिटलले आपत्कालीन अवस्थामा नागरिकलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सदैव प्रतिबद्ध रहेको जनाएको छ।
अस्पतालले प्रभावित नागरिक तथा उद्धारमा खटिएका टोलीलाई आवश्यक स्वास्थ्य सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ।