काठमाडौं- रसुवामा आएको बाढीमा घाइते भई उद्धार गरिएका १० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दिउसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उद्धार गरिएका उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचारका लागि भर्ना गरिएको छ।
उपलब्ध विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी (४२), सिता भण्डारी (४१) र विदुर नगरपालिका–५ कै विवेक कुमाल उपचाररत छन्।
त्यस्तै, टिचिङ अस्पतालमा तेजबहादुर तामाङ (३४), पेम्बा तामाङ (४८), कुशल मगर कार्की भनिने पुरुष व्यक्ति (४५), नामथर खुल्न नसकेका एक पुरुष व्यक्ति, मिनबहादुर श्रेष्ठ, गिरीलाल बुढाथोकीलगायतका घाइते उपचाररत छन्।
उद्धार गरिएका सबै १० जनाको अवस्था तथा थप विवरण संकलन तथा अद्यावधिक भइरहेको जनाइएको छ।
