काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति ह्याम्स अस्पतालले दुःख व्यक्त गर्दै आपतकालीन स्वास्थ्य सेवाका लागि आफू पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउन २४ सै घण्टा आकस्मिक तथा आपतकालीन स्वास्थ्य सेवा सञ्चालनमा रहेको जनाएको हो।
ह्याम्स अस्पतालका अनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीसहित अस्पताल विपद्जन्य अवस्थाका बिरामीको उपचारका लागि तयारी अवस्थामा रहेको छ।
अस्पतालले आपतकालीन स्वास्थ्य सहायता आवश्यक परेमा विपद् व्यवस्थापन सम्पर्क नम्बर ९८०१९०४६४० मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि स्वास्थ्य संस्थाहरूले प्रभावित तथा घाइतेको उपचारमा सहयोग गर्न तत्परता देखाएका छन्। ह्याम्स अस्पतालले पनि विपद्को समयमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।