त्रिशूली — त्रिशूली अस्पतालमा हालसम्म १६ जना घाइते उपचारका लागि पुगेका छन्। अस्पतालका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको छ भने १४ जनाको अवस्था स्थिर रहेको छ।
एक जना घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
यसैबीच अस्पतालमा डिजेलको अभाव देखिएको छ। अस्पतालमा करिब २०० लिटर मात्र डिजेल मौज्दात रहेकामा अब करिब ५ देखि ६ घण्टासम्मका लागि मात्र पुग्ने देखिएको छ।
अस्पतालले त्रिशूली आसपासका सहयोगी तथा दाताहरूलाई डिजेल सहयोग गरिदिन आग्रह गरेको छ। अस्पतालका अनुसार डिजेलको तत्काल व्यवस्थापन हुन सके सेवा सञ्चालनमा सहज हुने थियो।
डिजेल अभावबारे सम्बन्धित माथिल्लो निकायमा समेत जानकारी गराइसकिएको अस्पतालले जनाएको छ। अस्पतालले आवश्यक सहयोगका लागि सबै पक्षसँग अपेक्षा गरेको छ।