काठमाडौं - भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका ३१ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाका अनुसार हालसम्म ३१ जना घाइते अस्पताल आइपुगेका छन्। घाइतेमध्ये ६,७ जनाको आइसियूमा उपचार भइरहेको उनले स्वास्थ्यखबरसँग बताए। अस्पतालका अनुसार आइुिसयूमा रहेका घाइतेको अवस्था गम्भीर रहेको छ।
बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले घाइते तथा अन्य प्रभावितलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको छ।