काठमाडौं- भोटेकोसीमा आएको भीषण बाढीमा परी घाइते भएका तीन जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार बाढीमा परी घाइते भएका हेटौंडा घर भएका ४९ वर्षीय धनबहादुर थापा, कलंकी बस्ने ३७ वर्षीय तिलकुमार पराजुली र कालिकोटका ३५ वर्षीय धर्मराज जोशीलाई उपचारका लागि नर्भिक भर्ना गरिएको थियो।
उनीहरूमध्ये हेटौंडाका ४९ वर्षीय धनबहादुर थापा उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्। बाँकी दुई जना घाइतेको भने अस्पतालमा उपचार जारी रहेको छ।