काठमाडौं- नेपाल चिकित्सक संघले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा टोली खटाएर आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरेको छ।
संघका अध्यक्ष डा. बद्रि रिजालको नेतृत्वमा ९ जना चिकित्सकको टोली औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहित प्रभावित क्षेत्र पुगेको हो।
टोलीले नुवाकोटको देवीघाट, ढुङ्गे र विदुरलगतका बाढी प्रभावित क्षेत्रमा पुगेर नागरिकको प्रत्यक्ष उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको संघले जनाएको छ।
विपद्का बेला महामारी फैलिन नदिन र प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले स्वास्थ्य सेवा प्रदान गरिएको संघले जनाएको छ।