काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि निसर्ग हस्पिटलले रु. ११ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।
विपत्तिको यो कठिन समयमा तीज कार्यक्रमका लागि छुट्याइएको रकमसँगै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब/सुविधाबाट संकलित रकम राहतका लागि समर्पण गरिएको हो।
उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकको आधिकारिक खातामा जम्मा गरिएको अअस्पतालका अध्यक्ष तीर्थ पन्तले बताएका छन्।