काठमाडौं - कैलाश मानसरोवर यात्राका क्रममा रसुवा नाकाबाट २८ वर्षीय डा. कुशल आचार्य बेपत्ता भएका छन्।
टोखा, काठमाडौं निवासी डा. आचार्य एक समूहसँग मेडिकल अफिसरका रूपमा कैलाश मानसरोवर यात्रामा सहभागी भएका थिए। परिवारका अनुसार उहाँसँग भदौ १० गते बिहान ८:४५ बजेपछि सम्पर्क हुन सकेको छैन।
बेपत्ता डा. आचार्यको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित पक्षले प्रयास गरिरहेको जनाइएको छ।
उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा ९८६०४७१६०० मा सम्पर्क गरी जानकारी गराइदिन परिवार तथा सम्बन्धित पक्षले सबैमा अनुरोध गरेको छ।