काठमाडौं- रसुवागढी सीमा क्षेत्रमा आएको अचानकको बाढीपछि ग्रान्डी इन्टरनेशनल हस्पिटलमा कार्यरत २७ वर्षीय चिकित्सक डा. आयुष अधिकारी सम्पर्कविहीन भएका छन्।
भक्तपुरको कौशलटार निवासी डा. अधिकारी पर्यटकहरूको समूहसँग मेडिकल स्टाफका रूपमा मानसरोवरतर्फ यात्रा गरिरहेका थिए। रसुवागढी सीमा क्षेत्रमा बाढी आएपछि उनीसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
परिवारका अनुसार डा. अधिकारीको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। उहाँको खोजीमा सहयोग गरिदिन परिवारले सबैसँग अपिल गरेको छ।
डा. अधिकारीलाई कसैले देखेको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए ९८०८६७०९५० वा ९८२४०७३१११ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
परिवारले सामाजिक सञ्जालमा सूचना व्यापक रूपमा शेयर गरिदिएर डा. अधिकारीको खोजीमा सहयोग गरिदिनसमेत सबैमा आग्रह गरेको छ।