काठमाडौं– प्रतिनिधि सभा बैठक चलिरहेका बेला सांसद भरत खड्का अचानक लडेका छन्।
बिहीबार बसेको बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला आफ्नै कुर्सीमा बसिरहेका खड्का एक्कासि लडेका थिए। उनी लडेपछि कांग्रेसका सांसदहरू उठाउन दौडिएका थिए।
घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए। उच्च रक्तचापका कारण अस्वस्थ भएका खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनको संसदमै प्राथमिक उपचार गरिएको छ। लेखा समितिका सभापति समेत रहेका खड्का डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।