काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कर्णाली केयर अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
विपद्का कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्णाली केयर अस्पताल परिवारले पीडित परिवारको उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम तत्काल कोषमा जम्मा गरिएको जनाएको छ।
अस्पतालका अनुसार यो सहयोग केवल आर्थिक सहायता मात्र नभई बाढीपीडितहरूप्रतिको गहिरो समवेदना, मानवीय नाता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब हो। कठिन घडीमा पीडित नागरिकहरू एक्लो नरहेको र आवश्यकता अनुसार आगामी दिनमा पनि थप सहयोग गर्न आफूहरू सधैँ तयार रहने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ।