काठमाडौं- ह्याम्स अस्पतालले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
अस्पतालका प्रतिनिधिले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै अस्पतालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अस्पतालले यसअघि नै प्रभावित नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने र आवश्यक परे चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाउने घोषणा गरेको थियो।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत सहयोग जम्मा गर्न 'एकद्वार प्रणाली' अवलम्बन गरेको छ। कोषमा सहयोग गर्न इच्छुक संस्था तथा व्यक्तिहरूले तोकिएका बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकारी तथा गैरसरकारी निकायहरू जुटिरहेका छन्।
व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको छ।